आइतबार, वैशाख १३, २०८३

पहिरोले पुरिएर रोल्पामा एकैघरका तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ असार ९ गते १४:५७

रोल्पा । रोल्पा नगरपालिका ९ ह्वामाको ढाम्पामा गएराति पहिरोले एक घर पुरिँदा एकाघरका तीन जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा कति बुढामगर, १८ वर्षीया बुहारी सुशिला बुढामगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको मृत्यु भएको जानकारी दिए ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी प्रमुख सुवेदीकाअनुसार ६ जना सुतेकामध्ये घरधनी टिकासिंहसहित बालक शक्तिमानलाई हेलिकप्टरबाट उपचारका लागि बुटवल लैजाने तयारी गरिएको छ। पहिरोले पुरिएको घरभित्र फसेका तीनै जनाको उद्दार गरिएको छ।

प्रतिक्रिया