सर्वसम्मतिले आर्थिक विधेयक पारित
काठमाडौँ । प्रदेश १ सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७८ सर्वसम्मतिले पारित गरिएको छ ।
प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आंबुहाङ (लिम्बू)ले सो विधेयक सदनमा
आज पेश गरेका थिए ।
सो प्रस्तावका सन्दर्भमा मन्त्री आंबुहाङले प्रदेशको क्षेत्राधिकार पुनरावलोकन एवं समीक्षा गर्नु आवश्यक रहेको बताए । उनले प्रदेशको करको दायरा सीमित रहेको जनाउँदै करको दायरा बढाउन खोज एवं अनुसन्धान गर्न राजश्व अनुसन्धान समिति बनाउने जानकारी दिए ।
उनले केन्द्रको अनुदानमा मात्र टिक्न नसकिने भएकाले समितिको खोज र अनुसन्धानबाट आउने सिफारिसलाई प्रदेश सरकारले लागू गर्नेमा जोड दिए ।
सोअघि प्रस्तावमा भाग लिँदै प्रदेशसभा सदस्य जयराम यादवले केन्द्रको मातहतमा प्रदेश सरकार कहिलेसम्म सञ्चालन हुने भन्दै सरकारले आफ्नो खुट्टामा उभिने गरी योजना ल्याउनुपर्ने सुझाव दिए ।
















वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया