घेरावन्दीमा ओली
ओलीविरूद्ध जनदबाब सिर्जना गर्ने विपक्षी गठबन्धनकाे निर्णय
भाेलि ५ दलका विद्यार्थी संगठनले भृकुटीमण्डपमा विराेध प्रदर्शन गर्ने
मेरोन्यूज
२०७८ असार ९ गते २२:२६

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यशैली असंवैधानिक, अलाेकतान्त्रिक र निरंकुश भएकाे निष्कर्ष निकाल्दै विपक्षी ५ दलले सरकारका विरूद्ध जनदबाब सिर्जना गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज साँझ बसेकाे गठबन्धनकाे बैठकले काेराेना महामारी विस्तारै घट्न थालेकाे भन्दै सरकारका विरूद्ध स्वास्थ्य मापदण्ड अपनाउँदै विराेध गर्ने निर्णय गरेकाे हाे । गठबन्धनकाे निर्णयअनुसार नै भाेलि ५ दलका विद्यार्थी संगठनले भृकुटीमण्डपमा विराेध प्रदर्शन गर्ने तयारी गरेका छन् ।
बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू सहगभाी थिए ।
सम्बन्धित
















वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया