बिहीबार, जेठ ८, २०८२

घेरावन्दीमा ओली

ओलीविरूद्ध जनदबाब सिर्जना गर्ने विपक्षी गठबन्धनकाे निर्णय

भाेलि ५ दलका विद्यार्थी संगठनले भृकुटीमण्डपमा विराेध प्रदर्शन गर्ने

मेरोन्यूज २०७८ असार ९ गते २२:२६

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यशैली असंवैधानिक, अलाेकतान्त्रिक र निरंकुश भएकाे निष्कर्ष निकाल्दै विपक्षी ५ दलले सरकारका विरूद्ध जनदबाब सिर्जना गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज साँझ बसेकाे गठबन्धनकाे बैठकले काेराेना महामारी विस्तारै घट्न थालेकाे भन्दै सरकारका विरूद्ध स्वास्थ्य मापदण्ड अपनाउँदै विराेध गर्ने निर्णय गरेकाे हाे । गठबन्धनकाे निर्णयअनुसार नै भाेलि ५ दलका विद्यार्थी संगठनले भृकुटीमण्डपमा विराेध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू सहगभाी थिए ।

प्रतिक्रिया