गण्डकी प्रदेश : दुई जनालाई मन्त्रालयको जिम्मेवारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनाविभागीय मन्त्री रहेका २ जनालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनले आज मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै विनाविभागीय रहेका राजिव गुरुङ (दीपक मनाङे) र जसपाबाट मन्त्री बनेका हरिशरण आचार्यलार्य कुनै पनि मन्त्रालयको जिम्मेवारी दिएको छैन । मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेका छन् भने जसपाले आर्थिक मामिला तथा कानुन मन्त्रालयमा दाबी गरिरहेको छ । मुख्यमन्त्री पोखरेलसँगै चार जनाले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका थिए ।










एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
गगन र विश्वप्रकाशले भने- महाधिवेशन नगरे हामी चुनाव लड्दैनौं
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया