गण्डकी प्रदेश : दुई जनालाई मन्त्रालयको जिम्मेवारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनाविभागीय मन्त्री रहेका २ जनालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनले आज मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै विनाविभागीय रहेका राजिव गुरुङ (दीपक मनाङे) र जसपाबाट मन्त्री बनेका हरिशरण आचार्यलार्य कुनै पनि मन्त्रालयको जिम्मेवारी दिएको छैन । मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेका छन् भने जसपाले आर्थिक मामिला तथा कानुन मन्त्रालयमा दाबी गरिरहेको छ । मुख्यमन्त्री पोखरेलसँगै चार जनाले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका थिए ।

















सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया