पार्टी छोडेका भुषालको सांसद पद जोगिएला ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र पछिल्लो समय बढेको विवाद र गुटगत राजनीतिका कारण दोस्रो तहका नेता पार्टीप्रति नै उदासीन हुन थालेका छन् ।
स्थायी कमिटी सदस्य समेत रहेका बेदुराम भुषालले अब कुनै पनि गुटमा नरहने बताइसकेका छन् । उनी राष्ट्रिय सभामा पनि स्वतन्त्र सांसदको हैसियतमा उपस्थित हुने जानकारी गराइसकेका छन् ।
तर एमाले राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले भुषाल संसदमा स्वतन्त्र सांसदको हैसियतमा उपस्थित हुन नसक्ने जानकारी गराइसकेका छन् ।
अब भुषालको सांसद पद के हुन्छ ??
आफु निर्वाचित पार्टी त्यागेपछि उनलाई सो पार्टीले पनि हटाउन सक्छ । राजनीतिक दल सम्वन्धी ऐनको दफा ३० मा दल त्याग गर्न सक्ने व्यवस्था गरेको छ ।
दफा ३० मा दलको विधान अनुसार दलको सदस्यले कुनै पनि बखत दल त्याग गर्न सक्नेछ । यस्तै दफा ३१ मा दल त्याग गर्न नहुने व्यवस्था छ ।
३१ को (१) मा कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन भन्ने उल्लेख छ ।
३१ को (२) मा उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने उल्लेख छ ।
















सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया