बेलायतमा भानुजयन्ती मनाइयो
मेरोन्यूज
२०७८ असार २६ गते १५:००

बेलायत । बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ ।
नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि परिषद्लाई सहयोग गरिने जानकारी दिए ।
परिषद् नेपाल शाखाका सल्लाहकार प्रा डा देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणमार्फत भाषिक एकता गरेको बताए । परिषद्का संस्थापक अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण तथा सर्जकलाई प्रोत्साहन गर्न परिषद्ले काम गरिरहेको बताए ।
परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले भानुभक्तले तत्कालीन समाजमा साहित्यिक जागरण अभियान शुरु गरेको बताए ।
सम्बन्धित
















आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
प्रतिक्रिया