एमाले कार्यदल बैठक सहमति नजिक, आज पुन : बस्दै

काठमाडौं । विवाद समाधान नजिक पुगेको भनिएको नेकपा (एमाले) कार्यदलको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान ८ बजे बैठक बस्ने कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
आजको बैठकले सहमतिलाई अन्तिम दिने र सार्वजनिक गर्ने कार्यदल सदस्यहरुले दावी गरेका छन् । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरुले आइतबार सहमति भएर सार्वजनिक गरिने बताएका थिए । ओली पक्षका कार्यदल सदस्य नेम्वाङले भने,“आज बिहान ८ बजे बसेर सुखद समाचार पाउनुहुनेछ ।”
र आजसम्म सबै विषयमा सहमति जुट्ने कार्यदलमा रहेका नेपाल पक्षका नेता गोकर्ण विष्टले जानकारी दिए । पार्टी एकतामा समस्या के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य विष्टले भने, ‘आज सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधिसभा विघटनमा निर्णय दिने तयारी गरेको छ । त्यो अगाडि नै एमालेभित्रको विवाद मिलाउन नेताहरुले पहल गरेका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया