अफगानिस्तानको युद्धमा भारतीय फोटो पत्रकार मारिए
मेरोन्यूज
२०७८ साउन १ गते १६:२०

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसका प्रमुख फोटोग्राफर रहेका भारतका दानिश सिद्दीकी अफगानिस्तानको कन्धार प्रान्तमा तालिबान र सरकारी सेनाबीचको युद्धको क्रममा मारिएका छन् ।
भारतमा रहेका अफगानिस्तानी राजदूत फरिद मामुन्दजईले समाजिक सञ्जाल ट्वीटरमार्फत् दानिश सिद्दीकी मारिएको पुष्टि गरेका हुन् । दानिशको मृत्यु कन्धार प्रान्तको स्पिन बोल्डाक जिल्लामा तालिबानसँग अफगानी सेनाको युद्धको क्रममा भएको रोयर्टसले जनाएको छ ।
बुधबार तालिबानले स्पिन बोल्डाक सहर र पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उनी पछिल्लो केही दिनयता अफगानिस्तानमा जारी युद्ध र तनावको अवस्था देखाउने तस्वीर खिच्दै आएका थिए ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया