शुक्रबार, फागुन १, २०८२

एमालेको केन्द्रीय समिति बैठक जारी, माधव पक्षलाई कारबाही हुन सक्ने

मेरोन्यूज २०७८ साउन ४ गते १२:२२

काठमाडौँ । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा बैठक बसेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलंघन गर्ने नेतामाथिको कारबाहीलगायतका विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । बैठकमा नेता माधव नेपाल पक्षका नेताहरू उपस्थित भएका छैनन् ।

पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशनविपरीत केही सांसदले मतदान गरेका थिए भने केही अनुपस्थित भएका थिए । उनीहरूलाई सर्वोच्च अदालतको निर्णयअनुसार संसदीय कारबाही नगरे पनि पार्टी अनुशासनको कारण देखाउँदै कारवाही हुन सक्ने बैठकमा सहभागी नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया