लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ
मेरोन्यूज
२०७८ साउन ६ गते १४:४६
मकवानपुर । आर्थिक वर्ष २०७७-७८ मा लागु औषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, ९ नेपाली महिला र तीन भारतीय पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका हुन् । सोही अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे थियो ।
एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
त्यसैगरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उनले बताए । प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया