एमालेमा दुई अध्यक्षको व्यवस्था छैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वार पोखरेलले एमालेमा दोस्रो अध्यक्षको व्यवस्था नभएको बताएका छन् । आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि बोल्दै पोखरेलले एमालेको ९औं महाधिवेशनले दुई अध्यक्षको व्यवस्था नगरेको बताए ।
उनले प्राधिविक रुपमा पार्टीमा दुई अध्यक्ष बनाएपनि विधान अनुसार नहुने बताए । उनले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएकाले दुई अध्यक्ष असम्भव रहेका बताएका छन् । उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष बैठकमा सहभागी नभए पनि पार्टीका काम अगाडि बढ्ने बताए । यस्तै, एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।
एमालेले देशभरका सबै पालिकाको अधिवेशन असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव पोखरेलले बताए । त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोमबार ३ बजे पुन: स्थायी कमिटी बस्ने भएको छ । बैठकमा विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरण समबन्धमा छलफल भइरहेको छ ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । यस्तै नेकपा माओवादी केन्द्रको सदस्य दाबी गर्दै सर्वोच्च अदालत गएको पूर्व माओवादी नेताहरु पनि सहभागी भएका थिए । बैठकमा वरिष्ठ नेता नेपाल पक्षको सहभागीता रहेको थिएन ।
















5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया