एमालेमा दुई अध्यक्षको व्यवस्था छैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वार पोखरेलले एमालेमा दोस्रो अध्यक्षको व्यवस्था नभएको बताएका छन् । आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि बोल्दै पोखरेलले एमालेको ९औं महाधिवेशनले दुई अध्यक्षको व्यवस्था नगरेको बताए ।
उनले प्राधिविक रुपमा पार्टीमा दुई अध्यक्ष बनाएपनि विधान अनुसार नहुने बताए । उनले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएकाले दुई अध्यक्ष असम्भव रहेका बताएका छन् । उनले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष बैठकमा सहभागी नभए पनि पार्टीका काम अगाडि बढ्ने बताए । यस्तै, एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।
एमालेले देशभरका सबै पालिकाको अधिवेशन असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव पोखरेलले बताए । त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोमबार ३ बजे पुन: स्थायी कमिटी बस्ने भएको छ । बैठकमा विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरण समबन्धमा छलफल भइरहेको छ ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । यस्तै नेकपा माओवादी केन्द्रको सदस्य दाबी गर्दै सर्वोच्च अदालत गएको पूर्व माओवादी नेताहरु पनि सहभागी भएका थिए । बैठकमा वरिष्ठ नेता नेपाल पक्षको सहभागीता रहेको थिएन ।

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया