आजको राशिफलः आज यी राशिको दिन राम्रो छ

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २४ गते आइतबार, श्रावण कृष्णपक्षको औँसी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
बाठोपनामा बृद्धि हुने छ । प्रशासनिक क्षेत्रमा आफू भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ भने थप जिम्मेबारी प्राप्त हुन जाने छ । देखा पर्ने चुनौतिहरुसँग सामना गर्ने क्षमतामा बृद्धि हुने छ ।
वृष
साझेदारीमा गरिएका कामहरुले नतिजा दिन थाल्ने छ । ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा पनि आम्दानीमा बृद्धि हुन जाने छ । भाग्यको बृद्धि हुने छ । जीवनसाथिको साथले गरिएका कामहरु सकारात्मक बन्ने छन् । रिस भने कडाखालको हुने भएकाले संयमित रहनु होला ।
मिथुन
मनमा अत्याधिक दुविधा बढ्ने भएकाले व्यक्तित्वमा ह्रास ल्याउने छ । रिस धेरै कडा हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । पेशा, ब्यवसाय तथा कार्यालयमा श्रम सम्बन्धी समस्या देखा पर्ने छ । छोटोछोटो यात्रामा निस्कनु पर्ने छ ।
कर्कट
ब्यापार ब्यवसायमा संलग्नहरुलाई समय अनुकुल रहने छ । पेशागत जीवनमा कदर प्राप्त हुने तथा मान सम्मान पाइने छ । थप प्रशानिक तथा ब्यवस्थापकीय जिम्मेबारी प्राप्त हुन जाने छ । बोलीको प्रभाव बढ्ने भएकाले त्यसले फाइदा पु¥याउने छ ।
सिंह
नरम खालको व्यक्तित्व हुने भएकाले शान्त प्रकृतिको ब्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुन जाने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा भने अबरोधहरु आउने भएकाले संयमित रहनु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ ।
कन्या
बोलीको प्रभाव घट्ने छ । आम्दानी र खर्चको विषयमा मनमा उदासिनता देखा पर्ने छ । आम्दानी भन्दा खर्चको मात्रामा बृद्धि हुन पुग्दा आर्थिक सन्तुलनमा दबाब उत्पन्न हुन जाने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिमा नोक्सानी ब्योहर्नु पर्ने समय रहेकाले सतर्क रहनु नै उत्तम हुने छ ।
तुला
तरल तत्वको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखा पर्ने छ, बादबिबाद र किचलो उत्पन्न हुने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा परीवारका सदस्यहरु बीच मनमुटाब बढ्न जाने छ ।
वृश्चिक
मनमा निराशाका भावहरु बढ्न जाने छ । शारीरिक रुपमा थकाई धेरै देखा पर्ने भएकाले मनमा उत्साहको कमि हुने छ, जसले कार्य क्षमतामा प्रभावित पार्ने छ । साझेदारीका ब्यवसायमा विवाद बढ्ने छ । भाग्यले साथ दिएका कारण पेशागत र ब्यापार ब्यवसायमा भने केही सकारात्मकता देखा पर्ने छ ।
धनु
धन तथा सम्पत्तिमा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिष्पर्धीसँग जुध्ने तागत प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेकाले भित्रि बुद्धि चलायमान हुने हुँदा आम्दानीमा बृद्धि हुने छ ।
मकर
दृढ खालको व्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि बृद्धि हुने हुँदा कसैले पनि हेप्ने छैन् । तर रिस र घमण्डिपनामा बृद्धि देखिने हुँदा संयम रहनु होला । पेशागत जीवन र ब्यापारमा आँकलन नगरिएका समस्या देखा पर्ने छन् ।
कुम्भ
धार्मिक स्वाभावमा बृद्धि हुने छ । प्राज्ञिक क्षेत्रमा सँलग्न भएकाहरुलाई समय शुभ रहने छ । धार्मिक क्षेत्रसँग सम्बन्धी वस्तुहरुको कारोवार हुने व्यावसायमा आवद्धहरुलाई आम्दानीमा बृद्धि हुन जाने छ ।
मीन
परिवारको बलियो साथ मिल्ने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । जोखिमपूर्ण क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरु पनि सफलता मिल्ने छ । रोजगारीमा रहेकाहरुको हकमा थप जिम्मेवारी पाउने समय रहेको छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया