आजको राशिफलः आज यी राशिको दिन राम्रो छ

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २४ गते आइतबार, श्रावण कृष्णपक्षको औँसी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
बाठोपनामा बृद्धि हुने छ । प्रशासनिक क्षेत्रमा आफू भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ भने थप जिम्मेबारी प्राप्त हुन जाने छ । देखा पर्ने चुनौतिहरुसँग सामना गर्ने क्षमतामा बृद्धि हुने छ ।
वृष
साझेदारीमा गरिएका कामहरुले नतिजा दिन थाल्ने छ । ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा पनि आम्दानीमा बृद्धि हुन जाने छ । भाग्यको बृद्धि हुने छ । जीवनसाथिको साथले गरिएका कामहरु सकारात्मक बन्ने छन् । रिस भने कडाखालको हुने भएकाले संयमित रहनु होला ।
मिथुन
मनमा अत्याधिक दुविधा बढ्ने भएकाले व्यक्तित्वमा ह्रास ल्याउने छ । रिस धेरै कडा हुने भएकाले संयमित रहने प्रयास गर्नु होला । पेशा, ब्यवसाय तथा कार्यालयमा श्रम सम्बन्धी समस्या देखा पर्ने छ । छोटोछोटो यात्रामा निस्कनु पर्ने छ ।
कर्कट
ब्यापार ब्यवसायमा संलग्नहरुलाई समय अनुकुल रहने छ । पेशागत जीवनमा कदर प्राप्त हुने तथा मान सम्मान पाइने छ । थप प्रशानिक तथा ब्यवस्थापकीय जिम्मेबारी प्राप्त हुन जाने छ । बोलीको प्रभाव बढ्ने भएकाले त्यसले फाइदा पु¥याउने छ ।
सिंह
नरम खालको व्यक्तित्व हुने भएकाले शान्त प्रकृतिको ब्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुन जाने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा भने अबरोधहरु आउने भएकाले संयमित रहनु पर्ने देखिन्छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ ।
कन्या
बोलीको प्रभाव घट्ने छ । आम्दानी र खर्चको विषयमा मनमा उदासिनता देखा पर्ने छ । आम्दानी भन्दा खर्चको मात्रामा बृद्धि हुन पुग्दा आर्थिक सन्तुलनमा दबाब उत्पन्न हुन जाने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिमा नोक्सानी ब्योहर्नु पर्ने समय रहेकाले सतर्क रहनु नै उत्तम हुने छ ।
तुला
तरल तत्वको कारोवारमा संलग्नहरुलाई फाइदा मिल्ने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखा पर्ने छ, बादबिबाद र किचलो उत्पन्न हुने छ । धन सम्पत्ति तथा पैतृक सम्पत्तिका विषयमा परीवारका सदस्यहरु बीच मनमुटाब बढ्न जाने छ ।
वृश्चिक
मनमा निराशाका भावहरु बढ्न जाने छ । शारीरिक रुपमा थकाई धेरै देखा पर्ने भएकाले मनमा उत्साहको कमि हुने छ, जसले कार्य क्षमतामा प्रभावित पार्ने छ । साझेदारीका ब्यवसायमा विवाद बढ्ने छ । भाग्यले साथ दिएका कारण पेशागत र ब्यापार ब्यवसायमा भने केही सकारात्मकता देखा पर्ने छ ।
धनु
धन तथा सम्पत्तिमा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिष्पर्धीसँग जुध्ने तागत प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेकाले भित्रि बुद्धि चलायमान हुने हुँदा आम्दानीमा बृद्धि हुने छ ।
मकर
दृढ खालको व्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि बृद्धि हुने हुँदा कसैले पनि हेप्ने छैन् । तर रिस र घमण्डिपनामा बृद्धि देखिने हुँदा संयम रहनु होला । पेशागत जीवन र ब्यापारमा आँकलन नगरिएका समस्या देखा पर्ने छन् ।
कुम्भ
धार्मिक स्वाभावमा बृद्धि हुने छ । प्राज्ञिक क्षेत्रमा सँलग्न भएकाहरुलाई समय शुभ रहने छ । धार्मिक क्षेत्रसँग सम्बन्धी वस्तुहरुको कारोवार हुने व्यावसायमा आवद्धहरुलाई आम्दानीमा बृद्धि हुन जाने छ ।
मीन
परिवारको बलियो साथ मिल्ने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । जोखिमपूर्ण क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरु पनि सफलता मिल्ने छ । रोजगारीमा रहेकाहरुको हकमा थप जिम्मेवारी पाउने समय रहेको छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया