विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा माओवादी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र

काठमाडौं । सिन्धुपाल्चोकमा यसवर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजिकरण गर्न गठित विपद व्यवस्थापन सर्बपक्षीय समितिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।
समितिका आवद्ध अधिकारीहरुले आज बिहान अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारस्थित उनको निवास मै भेटेर मेलम्ची र इन्द्रावती नदिले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धि प्रारम्भिक प्रतिवेदन सहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधरभुत खानेपानी मर्मत गरी खानेपानीको आधरभुत व्यवस्थापन, नदी तटीय क्षेत्रका बस्तिहरु स्थानान्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् ।
उक्त समूहले शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया