विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा माओवादी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र

काठमाडौं । सिन्धुपाल्चोकमा यसवर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजिकरण गर्न गठित विपद व्यवस्थापन सर्बपक्षीय समितिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।
समितिका आवद्ध अधिकारीहरुले आज बिहान अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारस्थित उनको निवास मै भेटेर मेलम्ची र इन्द्रावती नदिले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धि प्रारम्भिक प्रतिवेदन सहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधरभुत खानेपानी मर्मत गरी खानेपानीको आधरभुत व्यवस्थापन, नदी तटीय क्षेत्रका बस्तिहरु स्थानान्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् ।
उक्त समूहले शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई पनि ध्यानाकर्षण पत्र बुझाएको थियो ।
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया