असोजसम्ममा एक तिहाईलाई कोरोनाविरुद्धको खोप दिइसक्ने सरकारको दाबी

काठमाडौं । सरकारले फागुन सम्ममा कोरोना विरुद्धको ५ करोड २२ लाख डोज खोप ल्याउने प्रक्रियामा अघि सारेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा अनुदान तथा खरिद गरेर १ करोड ८ लाख ६० हजार १७० डोज प्राप्त गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सरकार फागुन मसान्त सम्म ५ करोडभन्दा बढी खोप ल्याउने तयारीमा जुटेको जानकारी दिए ।
असोज मसान्तसम्म करिब एक तिहाई जनसंख्यालाई खोप दिइसक्ने मन्त्रालयले जनाएको छ। असोज मसान्तसम्म १ करोड २ लाख खोप ल्याउने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ लाख ४१ हजार ६८२ पहिलो मात्रा खोप प्राप्त गरेका छन्। २७ लाख २१ हजार ७ ८२ पुर्ण खोप लगाइसकेका छन्।
हालसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्णखोप पाएको र १३ दशमलब २८ प्रतिशतले पहिलो मात्रा पाएको मन्त्रालयले जनाएको छ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमध्ये हालसम्म २१ दशमलब १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलब २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका समेत मन्त्रालयले जनाएको छ।














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया