असोजसम्ममा एक तिहाईलाई कोरोनाविरुद्धको खोप दिइसक्ने सरकारको दाबी

काठमाडौं । सरकारले फागुन सम्ममा कोरोना विरुद्धको ५ करोड २२ लाख डोज खोप ल्याउने प्रक्रियामा अघि सारेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा अनुदान तथा खरिद गरेर १ करोड ८ लाख ६० हजार १७० डोज प्राप्त गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सरकार फागुन मसान्त सम्म ५ करोडभन्दा बढी खोप ल्याउने तयारीमा जुटेको जानकारी दिए ।
असोज मसान्तसम्म करिब एक तिहाई जनसंख्यालाई खोप दिइसक्ने मन्त्रालयले जनाएको छ। असोज मसान्तसम्म १ करोड २ लाख खोप ल्याउने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ लाख ४१ हजार ६८२ पहिलो मात्रा खोप प्राप्त गरेका छन्। २७ लाख २१ हजार ७ ८२ पुर्ण खोप लगाइसकेका छन्।
हालसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्णखोप पाएको र १३ दशमलब २८ प्रतिशतले पहिलो मात्रा पाएको मन्त्रालयले जनाएको छ।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ लाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमध्ये हालसम्म २१ दशमलब १ प्रतिशतले पहिलो मात्रा र १३ दशमलब २८ प्रतिशतले दोस्रो मात्रा खोप पाएका समेत मन्त्रालयले जनाएको छ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया