तालिवान लडाकुको मस्ती : जिम खानादेखि बच्चा खेल्ने पार्कसम्म

काठमाडौँ । अफगानिस्तानको सत्ता पूर्ण रूपमा तालिवानले कब्जा गरिसकेको छ । सत्ता कब्जा गरेसँगै तालिवानले देशभर मुस्लिम धर्मको शरिया कानुन लागु गरेको छ ।
अफगानिस्तानको राजधानी काबुल तालिवानको कब्जा जानुअघि नै राष्ट्रपति अशरफ घानी, उपराष्ट्रपतिसहित सेनाहरूले सहर छाडेर गएका थिए । उनीहरूले आफ्नो हतियारसमेत छाडेर गएका छन् । यससँगै तालिवानका लडाकुहरूले शहरमा मस्ती गरिरहेको भिडिओहरू बाहिर आएका छन् ।
तालिवानका लडाकुहरूले जिम खानादेखि बच्चाहरूलाई खेल्न बनाइएको पार्कहरूमा खेलिरहेको भिडिओ सार्वजनिक भएको हो ।
जिम खानामा तालिवान
राजधानी काबुल पुगेका तालिवानका लडाकुहरू मस्तीमा रहेका छन् । उनीहरूले जे आफ्नो अगाडि आएका छन् ती साधनमा मस्ती गरेको देखिन्छ ।
The Presidential Palace, including its gymnasium, in #Kabul has new tenants. #Afghanistanpic.twitter.com/vl50ojoRQD— Steve Hanke (@steve_hanke) August 17, 2021
उनीहरू जिम खानामा पुगेर कसरत गरिरहेका देखिन्छन् । पूरै जिम खाना खाली हुँदा उनीहरू मात्रै कसरत गरिरहेका हुन् । केही जिम गरिरहेका छन् भने केही भिडियो बनाउँदै गरेको सामाजिक सञ्जालमा देखिएको छ ।
बच्चा खेल्ने पार्कमा मस्ती
तालिवानका लडाकुहरूले बच्चा खेल्ने पार्कमा पसेर मस्ती गरेका छन् । उनीहरू बच्चा खेल्ने खेलौनामा खेलिरहँदा त्यहाँ उपस्थित भएका अन्य हेरेर बसेका थिए ।

बच्चा खेल्ने खेलौना कारमा तालिवानका लडाकुहरू सवार भई मस्ती गरिरहेको भिडियो भाइरल भएको छ । एजेन्सी










आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया