चलचित्र ‘एक’ डिजिटलमा रिजिल हुँदै

काठमाडौं । कोरोना महामारीसँगै थला परिरहेको नेपाली सिने क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ। महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द छ । सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले भने ‘डिजिटल रिजिल’को प्रयास थालेको छ।
चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ । नेपाली चलचित्र क्षेत्रमा सम्भवतस् यो पहिलो नयाँ प्रयोग हो । मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ ।
‘अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ । ‘विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्’ निर्देशक मनोज पण्डित भन्छन् ‘अब नेपाली सिनेमा क्षेत्रमा पनि यसको विकल्प छैन । कसै न कसैले त सुरुवात गर्नैपर्थ्यो । यो रिस्क चलचित्र ‘एक’ मार्फत हामीले लिएका छौं।’
खासगरी नेपाली राजनीतिमा हुनै विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल छन् ।
उनले यो सिनेमामा एक गुप्तचरको भूमिका निभाएका छन् । खासगरी राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरू विरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ।
यो कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ । तर चलचित्रको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ।
गुप्तचर अधिकारीको भूमिकामा देखिएका विशालले चलचित्र एकलाई आफ्नो सिनेमा करिअरको ‘दोस्रो र निकै चुनौतीपूर्ण इनिङ्स्’का रुपमा लिएका छन् ।
यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशालाजस्ता चर्चित राजनैतिक सिमानहरू बनाइसकेका निर्देशक पण्डितका अनुसार यो सिनेमा ‘स्पाई थ्रिलर जनर’ हो । ‘एक’ पण्डितको सातौं चलचित्र हो ।
राजनीतिक परिचक्रभित्र घुमेको यो चलचित्र एक्सनले पनि भरिपूर्ण छ । चलचित्रमा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रहरि पनि छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्र ‘एक’मा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल देखिएका छन् ।















‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया