संसद छलेर अध्यादेश ल्याउने काम गलत : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । उनले आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै अध्यादेशमार्फत देश चलाउनु कुनै हालतमा सही नभएको बताएका हुन् ।
‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत, हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत,’ नेता थापाले भने, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन, हुँदैन, समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकामा सार्वजनिक माफी माग्नु पर्छ ।’
उनले गत वर्ष वैशाखमा संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई आज यो अध्यादेशको विरोध गर्ने हक नभएको समेत बताए ।
उनले अहिले अध्यादेश जारी हुँदै गर्दा विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताए ।









समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया