संसद छलेर अध्यादेश ल्याउने काम गलत : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । उनले आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गर्दै अध्यादेशमार्फत देश चलाउनु कुनै हालतमा सही नभएको बताएका हुन् ।
‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत, हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत,’ नेता थापाले भने, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन, हुँदैन, समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकामा सार्वजनिक माफी माग्नु पर्छ ।’
उनले गत वर्ष वैशाखमा संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई आज यो अध्यादेशको विरोध गर्ने हक नभएको समेत बताए ।
उनले अहिले अध्यादेश जारी हुँदै गर्दा विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताए ।

















नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
प्रतिक्रिया