निर्वाचन आयोगबाट फर्किए नेपाल पक्षका नेताहरु
मेरोन्यूज
२०७८ भदौ २ गते १५:२०

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोगबाट फर्किएका छन् । बुधबार एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री आयोगको कार्यालयमा गएका थिए ।
सरकारले दल विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि उनीहरु आयोगमा छलफलका लागि गएका थिए । एमाले नेपाल पक्षले नयाँ पार्टी गठन गर्न लागेको छ । नेपाल पक्षले गठन गर्ने नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने बताइएको छ ।
सरकारले एमाले र जनता समाजवादी पार्टी (जसपा)लाई विभाजन गर्न दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको बताइएको छ ।
सम्बन्धित









पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया