कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन कठोर कदम चाले : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन कठोर कदम चालेको बताएका छन् । बुधबार अपिल जारी गर्दै उनले नेकपा एमालेलाई पुनर्गठन र रुपान्तरण गर्न विद्रोह गरी नयाँ पार्टी गठन गरेको बताए ।
उनले केपी शर्मा ओलीको क्रियाकलापका कारण पार्टी विभाजन भएको बताए ।
उनले भने, ‘२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानूनी रुपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि वाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीको ठूलो पंतिलाई अन्धकार भविष्यतिर धकेल्ने र निराशाको अवस्थामा पुग्न नदिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका लागि हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा एमालेको पुनर्गठन एववम् रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने वाध्यकारी अवस्था सिर्जना भएको छ ।’
पार्टी विभाजन हुनुको मुख्य कारण ओलीले अंगीकार गरेको गलत विचार र गलत व्यवहार भएको भन्दै उनले ओली पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौ महाधिवेशनबाट पारित गरिएका निर्णय अनुसार नचलेको आरोप लगाए ।











जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया