दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

दमक । दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो ।
विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत उनीहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।
अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले छन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गर्दै आएका छन् ।










पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया