कांग्रेसको क्रियाशील सदस्यता समितिले देउवालाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ । केन्द्रीय सदस्यता छानविन समितिले बुझाएको अपूर्ण प्रतिवेदनमा आधारित भएर बाँकी विवाद टुंग्याउन लागेको हो ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखकसहित क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।
उक्त सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकिएको थियो । तर, केन्द्रीय समितिको निर्णयबाट बनेको कार्य तालिकाभन्दा चार दिनपछि समितिले प्रतिवेदन बुझाउन लागेको हो ।
क्रियाशील सदस्यता विवाद समाधान समितिका एक सदस्यका अनुसार आज दिउँसो २ बजे बालुवाटार पुगेर समितिले प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई प्रतिवेदन हस्तान्तरण गर्ने छ ।

















विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रतिक्रिया