माधव नेपाल र महन्थ ठाकुरको दलको सनाखत आज

काठमाडौं । निर्वाचन आयोगले माधव कुमार नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ ।
नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले आज नै दर्ता गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया आज नै पुर्याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधबार सनाखत सक्छौंं र दर्ताको निर्णय पनि बुधबार नै गर्छौं,’ आयोग उच्च स्रोतले भन्यो ।
नयाँ दल दर्ताका लागि निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज ११ बजेबाट २ बजेसम्म सनाखतका लागि आयोगले बोलाएको छ ।
आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलका तर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट बनेको नेपाल समूह र जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि यी दुई समूह अन्योलमा परेका थिए ।
सरकारले अघिल्लो साता २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थनमा नयाँ दल गठन गर्न सक्ने प्रावधान सहितको अध्यादेश ल्याएपछि उनीहरू नयाँ दल दर्ता प्रक्रियामा लागेका हुन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया