कसैलाई रिटायर्ड गर्न उम्मेदवार दिन लागेको हैन : उपसभापति निधि
मेरोन्यूज
२०७८ भदौ ११ गते १४:१२

काठमाडौँ । नेपाल कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिको उम्मेदवारी दिने बताएका छन् । आफ्नो सम्पर्क कार्यालय शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
‘तपाईंहरूको समर्थनमा १४ औँ महाधिवेशनमा सभापतिको उमेदवार दिने तयारी गरेको छु,’ उनले भने, ‘यसका लागि मैले साइत जुराएर पुजा गरी सम्पक कार्यालय शुभारभ गरिसकेको छु ।’
पत्रकारसँग कुरा गर्दै उनले नेपाली कांग्रेसलाई देशभर रुख छापलाई जिताउन सफल हुने बताए । ‘आगामी चुनावमा पार्टीलाई एकाबद्ध बनाएर अगाडि लैजाने छौँ,’ उनले भने, ‘म कसैलाई रिटायर र पराजित गर्न अहिले सभापति उठ्न लागेको हैन ।’
यस्तै, उनले क्रियाशील सदस्यताको सूची अन्तिम अवस्थामा भएको बताउँदै जिल्ला सभापतिहरूको सूची सार्वजनिक गर्नु पर्ने बताए ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया