मंगलबार, फागुन ५, २०८२

मुख्यमन्त्री आचार्यले गरे दुई जनालाई मन्त्रीमा नियुक्त

मेरोन्यूज २०७८ भदौ ११ गते १९:१३

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले शुक्रबार माधव कुमार नेपालको साथ छाडेका दुई जनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री नियुक्त हुनेमा लछुमन तिवारी र बलबहादुर साम्सोहाङ रहेका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री आचार्यले साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । अन्य मन्त्रीको टुङ्गो लगाउन बाँकी छ ।

प्रतिक्रिया