एकीकृत समाजवादीले गठन गर्यो हाइ कमाण्ड
मेरोन्यूज
२०७८ भदौ ११ गते १९:२३

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हाइ कमाण्ड गठन गरेको छ । शुक्रबार बसेको पार्टीको बैठकले राष्ट्रिय परिषदबाट पदाधिकारी चयन नभएसम्मलाई अन्तरिम हाइ कमाण्ड गठन गरेको हो ।
हाइ कमाण्डमा अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमोश हमाल छन् । एकीकृत समाजवादीले राष्ट्रिय भेला गरेर १७ पदाधिकारीसहित पोलिटव्युरो र स्थायी कमिटी चयन गर्नेछ ।
नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया