सोमबार, वैशाख ८, २०८२

एक दिवसीय क्रिकेट श्रृंखला : नेपाल र पपुवा न्यु गिनी आज खेल्दै

मेरोन्यूज २०७८ भदौ २२ गते ९:५६

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ ।

नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल बिहान नेपाली समय अनुसार ११:१५ बजे ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा हुनेछ ।

दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ । त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोली अगष्ट २४ मा ओमान पुगेको थियो ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया