वाइसीएलको नेतृत्व चयन, प्रचण्डले गरे हस्तक्षेप

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)को पहिलो केन्द्रीय समिति बैठकले संयोजक र सह संयोजक तोकेको छ । राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व टुंग्याउने जनाइएको थियो ।
आज राजधानीको गौशालास्थिति अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ र सह संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो ।
वाइसीएल नेपालका पहिलेका परम्परालाई तोड्दै योपटक जिम्मेवारी दिने विषयमा नयाँ अभ्यास थालिएको हो । आकाक्षी ब्यवस्थापन गर्न र सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि पार्टीले हस्तक्षेप गर्नुपरेको थियो । प्रचण्डले भेलामा सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए, त्यसो गर्न नसके ५ दिनभित्र आफुसहित बसेर टुग्याउने वताएका थिए । त्यसपछि आज वाइसिएलको भेलावाट निर्वाचित केन्द्रीय समिति बैठकले संयोजक र सहसंयोजक बनाई नेतृत्व टुग्याएको हो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि गणेशमान पुन ‘रश्मी’को नेतृत्वमा गठन भएको वाइसीएल नेपालले तत्कालीन महासचिव रामचन्द्र (आरसी) शर्मा ‘विज्ञान’लाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
वाइसिएलको नेतृत्वको लागि उपाध्यक्ष रहेका सुमन देवकोटा, महासचिव रहेका सुवोध श्रीपाइली मुख्य आकाक्षी थिए ।
अव राष्टिय सम्मेलनसम्म समुन संयोजक र श्रीपाइएली सहसंयोजक रहने र अन्य नेताहरु सदस्य रहने गरी वाइसिएलले नेतृत्व सम्वन्धी विवाद हल गरेको हो ।
पदाधिकारी सहितको नेतृत्व चयनमा असफल भएपछि माओवादी केन्द्रले पार्टीको साहायक संगठनको रुपमा रहेको वाईसिएलको राष्ट्रिय सम्मेलन आगामी फाुगनमा गर्ने र त्यसवेला सम्म देवकोटा संयोजक र श्रीपाइली सहसंयोजक रहने गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने निर्णय लिएको हो ।









मकवानपुरमा थपिए १४ हजार ६०३ नयाँ मतदाता
महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया