तनँहु कांग्रेसमा रामचन्द्र -गोविन्दराज द्दन्द्द
तनँहु कांग्रेसमा रामचन्द्र -गोविन्दराज द्वन्द्व: पहिला आफ्नै जोडबलमा कारबाही, अहिले फिर्ता गर्न माग
जोशीको कारबाही फिर्ता नभए पार्टी अधिवेशनमा जिल्ला पस्न नदिने जोशी पक्षले बताएपछि पौडेलले देउवालाई भेटेर कारवाही फुकुवाको सिफारिस गरेका छन्

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नै जोडबलमा पाँच वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको कारबाही फुकुवा गर्न माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर जोशीसहित कैलालीका पुश्करनाथ ओझा र डडेलधुराका रामबहादुर बिष्टको कारबाही फुकुवा गर्न माग गरेका हुन् ।
कांग्रेसको भिष्मराज आङदम्बे संयोजक रहेको अनुशासन समितिले जोशी, ओझा र बिष्टलाई पाँच वर्षका लागि निस्काशन गर्ने निर्णय २०७७ साउन १० गते गरेको थियो । तर अहिले पौडेल आफैले जोशीको कारबाही फिर्ता गर्न सभापतिलाई सिफारिस गरिरहेका छन् । कारबाही फिर्ता गर्न सिफारिस गर्नुको कारण भने पार्टीको आशन्न १४ औं महाधिवेशनसँग सम्बन्धित छ ।
जोशी र पौडेलको जिल्ला र प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटै हो । जोशीको कारबाही फिर्ता नभएमा पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनका लागि जिल्ला पस्न पौडेललाई नदिने जोशी पक्षले बताएपछि पौडेलले सभापतिसँग कारवाही फिर्ताको सिफारिस गरेको बालुवाटार स्रोतले जानकारी दियो । बालुवाटार स्रोत भन्छ, ‘पहिला सभापतिलाई कारबाही नगरी बसिखान दिनुभएन, अहिले आफै कारबाही फिर्ता गर्न प¥यो भनेर सभापतिलाई भेट्नुहुन्छ । उहाँको चरित्र के हो बुझ्नै सकिन्न ।’
तनहुँ कांग्रेसमा पौडेलको भन्दा जोशीको पकड राम्रो रहेको चर्चा कांग्रेसभित्र चर्चा हुने गर्छ । धेरै नेता कार्यकर्ता जोशीको पक्षमा छन् । जोशीलाई कारबाही गरिएपछि पौडेलसँग आक्रोसित कार्यकर्ताले अधिवेशनमा पौडेललाई जिल्लामा बहिस्कार गर्ने देखि जिल्ला आएपछि अभद्र व्यवहार गर्नसमेत पछि नपर्ने जानकारी गराएपछि पौडेल जोशीमाथीको कारबाही फिर्ताको सिफारिस गर्न देउवा काहाँ पुगेका हुन् ।
देउवाको सचिवालयले यो विषय बाहिर ल्याउन चाहिरहेको थिएन । तर, पौडेलले आफूले कारबाही फिर्ताको सिफारिस गरेर त्यागी बन्न खोजेको शैलीमा नेता कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् ।
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेलसँगै जोशी पनि कांग्रेसबाट टिकटका आकांक्षी थिए । तर पौडेलले टिकट पाए । त्यसबाट चिढिएका जोशीले स्वतन्त्र उम्मेद्वारी दिए । जोशीले उम्मेद्वारी दिएपछि पौडेल त्यसविरुद्ध निर्वाचन आयोग पुगे ।
जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतबाट सजाँय पाएको देखिन आएको उल्लेख गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदियो । त्यसपछि थप चिढिएका जोशीले पौडेललाई हराउने रणनीति लिए ।
जोशीकै कारण पौडेल ६ हजार ४१४ मतान्तरले तत्कालीन एमाले उम्मेदवार किसनकुमार श्रेष्ठसँग पराजित भए । त्यो रिस पोख्न पौडेलले उनलाई पार्टीबाट निस्काशन गराए ।
अहिले फेरि आफू जिल्लामा पुग्न नसक्ने अवस्था आएपछि कारबाही फिर्ताको माग पौडेलले गरिरहेका छन् । तर, जोशी पक्षधरले भने आफ्नो रणनीति सफल बनाउन पौडेलले नाटक गरिरहेको आरोप लगाएका छन् ।
पौडेलले जोशीलाई पार्टीबाट निस्काशन गर्न लागि परेपछि देउवाले आफ्नी पत्नी आरजु राणा देउवालाई कैलाली क्षेत्र नं ५ मा सहयोग नगरेको भन्दै पूर्वमन्त्री तथा पार्टीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरामा आफू उम्मेद्वार बन्दा असहयोग गरेको भन्दै पार्टीका कार्यालय सचिव रामबहादुर बिष्टलाई पनि पार्टीबाट निस्काशन गरे ।
अहिले पौडेलले आफू आलोचनाबाट बच्न सबैको कारबाही फुकुवा गर्न परयो भनिरहेका छन् ।
पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझामाथि पार्टीबाट निस्काशनका बेला कैलालीमा देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको थियो । कारबाहीपूर्व अनुशासन समितिले आरोपीहरुलाई स्पष्टीकरण पनि सोधेको थियो । तर पार्टीको वृहत्तर हितलाई ध्यानमा राखेर काम गर्न सचेत गराउने र आगामी दिनमा खेल्ने भूमिका अनुसार मल्यांकन गर्ने अनुशासन समितिले निर्णयमा उल्लेख गरेको थियो ।

















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया