फेरि उपेन्द्र यादवकै घरमा सत्ता गठबन्धन दलका तीन नेताको जमघट
५ दिन अगाडी मात्रै पनि यादवकै निवासमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच दुई घण्टा लामो छलफल भएको थियो

काठमाडौं । सत्ता गठवन्धन दलमा सहभागी तीन दल नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)का अध्यक्षहरुको बैठक आज फेरि बसेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवकै निवास प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको छलफल शुरु भएको हो ।
यस अगाडी पनि यी तीन नेताको यादवकै निवासमा बैठक वसेको थियो । भदौं २४ मा विहान पनि यी तीन नेता झण्डै दुई घण्टा छलफल गरेका थिए । आज फेरि उनीहरु दोहोराएर छलफलमा बसेका हुन् ।
छलफलमा समाजवादी पार्टी निर्माण, मनित्रपरिषद् विस्तार लगायतका विषयमा केन्द्रीत रहेर छलफल छ । त्यस्तै आज दिउँसो सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुँदा बनाइने समान धारणा लगायत समसामायिक विषयमा यी तीन नेता छलफल गर्न बसेको बताइएको छ ।
राजनीतिक दल सम्वन्धी अध्यादेश निश्किय नहुँदा सम्म मन्त्रिपरिषद् विस्तार नगर्न जसपा अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमै प्रधानमन्त्री शेरवहादुर देउवालाई आग्रह गरेपछि मन्त्रिपरिषद् विस्तार समेत रोकिदै आईरहेको छ । यही सन्दर्भमा यी तीन नेताको भेटवार्ता भएको हो ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया