झलनाथ खनाललाई भेट्न डल्लु पुगे देउवा
मेरोन्यूज
२०७८ भदौ २८ गते १९:१७

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा अपरान्ह पाँच बजे खनाल निवास डल्लुमा पुगेका थिए ।
झण्डै ४५ मिनेट भएको वार्तामा प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए ।
‘प्रधानमन्त्रीज्यू पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य स्थिति बुझ्न उहाँको निवास डल्लुमा पुग्नु भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘अन्य कुनै कारण थिएन, उहाँलाई भेट्न जान ।’
यसअघि पनि खनाल उपचारबाट फर्किएपछि देउवा खनाल निवासमै पुगेर भेट गरेका थिए ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया