एमसीसीबारे बाबुरामले मुख खोले, संसदबाट छिटै अनुमोदन गर्नुपर्छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्नुपर्ने बताएका छन् ।
गृह जिल्ला गोरखा पुगेर डा.भट्टराईले पत्रकराहरुसँग कुरा गर्दै एमसीसीबारे पहिलो पटक सार्वजनिक रुपमा मुख खोलेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने बताए ।
एमसीसीमा दलहरुबीच सहमति छिटो अनुमोदन गर्नुपर्ने उनले बताए । भट्टराईले आफ्नो पार्टी जसपाले निर्णय गरेर मात्रै नहुने भएकाले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए ।
जसपाले गोरखामा आयोजना गरेको कार्यक्रममा केही ब्यवसायीसहित विभिन्न पार्टी परित्याग गरेर भट्टराईले पार्टी प्रवेश गराएका थिए ।
सोमवार मात्रै एमसीसीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो ।










निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया