लुम्बिनी प्रदेशका दुई मन्त्रीलाई जिम्मेवारी
मेरोन्यूज
२०७८ भदौ २९ गते १७:२९

बुटवल । लुम्बिनी प्रदेशका दुई राज्यमन्त्रीले मंगलबार जिम्मेवारी पाएका छन् ।
माओवादी नेतृत्वको सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका हुन् ।
विना विभागीय मन्त्री रहेका सुमन शर्मा रायमाझीलाई कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र पुरमती ढेंगालाई श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
गत साउन २८ गते नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी ‘सोनाम’ मुख्यमन्त्री नियुक्त भएका थिए ।
सोही दिन मुख्यमन्त्री केसीले नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया