अपहरणको आरोपमा सांसद वलीले दिइन् शंकर पोखरेलविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा निवेदन दिएकी छन् ।
आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै सांसद वलीले पोखरेलसहित लुम्बिनी प्रदेश नेकपा (एमाले) का प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध प्रहरीमा निवेदन दिएकी हुन् ।
खत्रीले प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरक्षिक (डिएसपी) मदन कुँवरलाई किटानी जाहेरी बुझाएकी हुन् । डिएसपी कुँवरले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने वातावरण मिलाउने प्रतिबद्धतासहितको पत्र दिएका खत्री र घर्तीलाई दिएका छन् ।
साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री भएका बेला दाङबाट ल्याएर बन्धक बनाएको आरोपसहित सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार निवेदन दिएकी हुन् । तर बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आएको पुष्टि गर्दै दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन डिएसपी कुँवरलाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले जानकारी दिएका छन् । उक्त निवेदन मंगलबार साँझसम्म दाङ पठाइएको छैन ।
जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी नआएको प्रमुख प्रहरी उपरक्षिक (एसपी) सुरेशप्रसाद काफ्लेले मेरोन्यूजलाई जानकारी दिए । उनले भने,‘बुटवलमा परेको छ रे भन्ने कुरो आएको छ तर जाहेरी यता आईसकेको छैन ।’

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया