शनिबार, वैशाख २७, २०८२

महन्थले लिए समाजवादीको सदस्यता

मेरोन्यूज २०७८ भदौ ३० गते १५:०२

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको सदस्यता लिएका छन् ।

ठाकुर नेतृत्वको लोसपाले पार्टी अध्यक्ष ठाकुरलाई नै सदस्ता दिएर सदस्य वितरण अभियान सुरु गरेको हो ।

अध्यक्ष यादवलाई पार्टीका ज्येष्ठ नेता सर्लाहीका प्रदीप नारायण यादवले सदस्यता प्रदान गरेका थिए ।

ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि पार्टीको सदस्यता लिएका छन् । लोसपाले साधारण सदस्यता वितरण गरिसकेपछि सक्रिय सदस्यताको लागि फारम भर्नुपर्ने जनाएको छ ।

जनता समाजवादी पार्टीबाट विभाजित भई निर्वाचन आयोगबाट लोकतान्त्रिक समाजवादी पार्टीको मान्यता पाएपछि ठाकुरसमूह केही दिनदेखि मधेसका जिल्लाहरुमा संगठन विस्तार अभियानमा लागेको छ ।

प्रतिक्रिया