नेतृत्वलाई अष्टलक्ष्मीले भनिन्, –अन्तरपार्टी निर्देशनको अक्षरसः पालना गरौं

काठमाडौं । वागमति प्रदेशका मुख्यमन्त्री तथा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २०७५ जेठ २ को अवस्थामा पार्टीको सम्पूर्ण संगठनलाई फर्काउन आग्रह गरेकी छिन् । काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गदै उनले पार्टी नेतृत्वलाई पार्टीको अन्तरपार्टी निर्देशन (अपानी)को हुवहु कार्यान्वयन गरेर जान अपिल गरे ।
‘०७५ जेठ २ मा जे छ, जो आउँछ, उसैलाई नेतृत्व मानेर अगाडी वढौं,’ शाक्यले भनिन्,–‘कमजोर बनाउने शक्तिले हामीलाई बनाईसक्यो । त्यसमा पनि एमालेलाई समाप्त बनाउन चाहने शक्ति थिए । अव अन्तरपार्टी संर्घषलाई अक्षरस पालना गरेर अगाडी बढाउनु पर्छ । कुनै पूर्वाग्रह विना एमाले सुढृढ बनाउनु पर्छ । मन फराकिलो बनाउनु पर्छ । सवै अटाउने कम्युनिष्ट मन हुन्छ । छाती फराकिलो बनाउने बेला आउको छ । हिजोका कुरा सकियो । अव अपानेलाई अक्षरस पालना गरेर सम्पूर्ण संगठन त्यही रुपमा जानुपर्छ ।’
शाक्यले सर्वाेच्च अदालतले एमाले र माओवादी अलग बनाउने निर्णय गरेपछि एमालेमा फर्किन खोज्दा आफुहरुले पार्टीमा स्थान नपाउँदा असाध्यै दुख लागेको र गत जेठ १ गते पार्टी विवाद मिलाउन १० सदस्यीय कार्यादल बनेपछि खुसी लागेको उनले बताए ।
२७ / २८ वर्ष पार्टीमा योगदान गरेको ब्यीक्त पार्टीमा प्रवेश गर्ने नपाउने अवस्था आउँदा रातभर सुत्न समेत नसकेको भन्दै उनले अहिले पनि अव पार्टी नेतृत्वलाई फराकिलो छाती बनाउन अपिल गरेका हुन् ।
एमालेमा अव प्यानल बनाएर महाधविेशनमा जान नहुने, जनताले दिएको जनमतको कदर नगर्दा अप्ठ्यारो परेको भन्दै उनले जनमतलाई के भन्ने भनेर आतमआलोचना हुनुपर्ने वताइन् ।
इमान्दारिताका साथ जनताका वीचमा जानुपर्ने भन्दै उनले नेता देखि कार्यक्र्ता सवै रुपान्तरण हुनुपर्ने वतायन् । नवौं महाधिवशेनपछि पार्टीमा कुनै वैचारिक प्रशिक्षण हुन नसक्दा पार्टी विचारविहिन अवस्थामा पुगेको पनि उनले जिकिर गरिन् । नेता देखि कार्यकर्ता सवै सच्चिनु पर्ने उनको भनाई थियो ।
‘हामी गालीगलौजको सस्कृतिमा छौं, यो रुपान्तरण गर्नुपर्छ। सच्चिनुपर्छ । त्यसको लागि विधान अधिवेशन आएको छ, महाधिवेशनको तिथि तोकिएको छ । कम्युनिष्ट आन्दोलनको मूलधार एमाले हो । त्याग र वलिदानको फल एमाले हो । त्यसलाई सुढृढ वनाउन वैचारिक ढंगले सुढृढ वन्ने , वैचाकिर रुपमा धारिलो बनाउने काम गर्नुपर्छ,’ उनले भने ।
उनले माधव नेपालले लिएको वाटो सही नभएको पनि वताइन् । यतिवेला फुटको राजनीति होइन जुटको राजनीति आवश्यक रहेको भन्दै उनले माधव नेपाल आफुहरुको पनि अग्रज भएकोले सम्पूर्ण त्याग गरेको पार्टी छोडेर नयाँ पार्टी बनाउने कुरा सही नभएको बतायन् । उनले नेपाललाई एमालेमा फर्किन अपिल गदै त्यो समुहमा रहेकालाई भ्रममा नराख्न पनि अपिल गरिन ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया