बिहीबार, फागुन ७, २०८२

ओली भेट्न बालकोट किन पुगे कानुनमन्त्री ?

मेरोन्यूज २०७८ भदौ ३१ गते १९:१३

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली भेटन सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ओली निवास बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाको दूतका रुपमा उनी ओली सत्तावाट वाहिरिएसँगै दोस्रो पटक ओलीसँग भेटघाटका लागि बालकोट पुगेका हुन् ।

यस अगाडी पनि कानुनमन्त्रीले एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेट गरेका थिए ।

एमालेले संसदमा सभामुखको भूमिका माथी प्रश्न उठाउँदै निरन्तर संसद अवरुद्ध गरिरहेको छ । संसद एमालेको अवरोधका कारण ४ असोजसम्म स्थगित छ । संसदको जारी अवरोध खुलाउने र गतिरोध अन्त्य गर्ने विषयमा छलफलका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले कार्कीलाई ओलीसँग भेट गर्नका लागि बालकोट स्थित ओलीको निवासमै पठाएका हुन् ।

एमालेको संसद अवरोधका कारण सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन । जसकाकारण आज देखि कर उठाउन पाइने तर खर्च गर्न नपाउने अवस्थामा मुलुक छ । जसककारण प्रधानमन्त्री देखि सवैको तलव भत्ता समेत रोक्का हुने स्थित वनेको छ ।

प्रतिक्रिया