संखुवासभा सामूहिक घटना अनुसन्धानमा संलग्न प्रहरीलाई नगद पुरस्कार प्रदान

काठमाडौँ । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्ने प्रहरीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । घटनाबारे अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै उनीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको हो ।
पुरस्कृत हुने प्रहरीहरूमा प्रदेश १ का प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसी, नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र प्रदेश १ का प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् ।
उनीहरूलाई कार्य सम्पादन गरेको भन्दै प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जानिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पुरस्कृत गरेको हो ।















पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
Gold price up, silver holds steady
HoR Election: Proportional representation vote counting concludes
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया