ट्रक दुर्घटनामा चालकको मृत्यु
मेरोन्यूज
२०७८ असोज १ गते ७:३३

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ । ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनः काठमाडौँमै ८ हजार १९७ मत बदर
गौरादहका नगरप्रमुखलाई दूर्व्यवहार गर्ने व्यक्ति पक्राउ
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया