माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

पोखरा । नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गरेका छन् ।
प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी फोर्नु भयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।”
सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे । यो सरकार असफल भइसकेको छ । पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम भएको उनले जोड दिए ।
एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको बताएका सचिव भटृराईले आम सञ्चार विधेयकले पत्रकार जगतमा अङ्कुश लगाउने भएकाले यसको विपक्षमा आफू उभिने बताए ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया