शनिबारसम्ममा सबै जिल्लाको क्रियाशील सदस्यता विवाद समधान हुन्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसको २१ जिल्लाको क्रियाशील बिवाद सहमति नजिक पुगेको छ ।
१४ औं महाधिवेशनअन्तगर्तको ५६ जिल्लामा भदौं १८ गते नै वडा अधिवेशन सकिएको छ । अन्य विवाद रहेका २१ जिल्लामा अधिवेशन हुन सकेको छैन् ।
तर क्रियाशील सदस्यता छानविन समितिले ति २१ जिल्लामध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ ।
क्रियाशील सदस्यता छानविन समितिका सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील सदस्यता विवाद पनि सहमति नजिक पुगेको हुदाँ भोलीसम्ममा अन्य जिल्लाको पनि विवाद समाधान हुने बताए ।
उनले भने,“प्रदेश २ का आठै वटाको क्रियाशील विवाद समाधान भएको छ भने डोल्पा र रसुवाको सदस्यता विवाद पनि टुंग्याउने प्रक्रियामा छौं ।”
बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।
कांग्रेसमा क्रियाशील सदस्यता विवादमा समाधान समितिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल र रमेश लेखक रहेका छन् ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया