विश्वप्रकाशले सार्वजनिक गरे महामन्त्रीको अवधारण पत्र (पत्रसहित)

काठमाडौँ । महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीका विषयमा अवधारणा पत्र सार्वजनिक गरेका छन् ।
आइतबार संविधान दिवसको अवसरमा गृह जिल्ला झापा पुगेका शर्माले ६ पृष्ठ लामो अवधारणा पत्र सार्वजनिक गरेका हुन् । यस अवसरमा उनले भने, ‘शासकीय प्रणालीको बहसलाई शासन संस्कार पद्धत्तितर्फ मोडौँ, एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री, चारपटक सांसदको सपथ मात्रै गर्न पाउने व्यवस्था संविधानमै गरौँ ।’
उनले हिजो राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमै परिवर्तन गर्ने प्रण गरे । उनले राजनीतिलाई अन्य सबै नीतिको मूल नीति भन्दै मूल सङ्लो बनाएर सबै क्षेत्रमा सुधार ल्याउने बताए । उनले भने, ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन हुनु पर्छ ।’
गत भदौं २४ गते सुन्दरीजल पुगेर बिपी जयन्तीमा बोल्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए । मंसिरमा हुने कांग्रेसको १४ औँ महाधिवेशन उनले आफ्ना पुस्ताका लागि अगाडि सारेको नयाँ प्रस्तावमा वान, टु, थ्री, फोर भन्ने चार कुरा राखिएका छन् ।

















मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
President, Vice-President’s greetings on Democracy Day
Two killed, two injured in road accident
14 days to HoR elections: ‘Temporary Voter List Procedure 2082’ issued
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया