मानव तस्करी गर्ने तीनजना कपनबाट समातिए

काठमाडौं । मानव तस्करी गर्ने तीनजनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने नोरुल अमिनलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने अजमत उल्लाहलाई भने शनिबार नै पक्राउ गरेको थियो ।
बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर उनीहरुले मानव तस्करी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले दुई परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्राइसकेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म मानव तस्करी गर्दा प्रतिव्यक्ती झण्डै साढे तीन लाख रुपैयाँ लिइरहेको पनि ब्यूरोले जनाएको छ ।
ब्यूरोकाअनुसार पक्राउ परेका तीनै जना काठमाडौंमा विभिन्न पेशाकर्मीको आवरणमा मानव तस्करी गर्दै आएका थिए ।
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया