साढे ७ किलो लागूऔषध चरेशसहित ९ जना पक्राउ
काठमाडौँ । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएकाहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङ रहेका छन् । उनीहरूलाई आज सार्वजनिक गरिएको छ ।
उनीहरूको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । हाते कागजका डायरीमा चरेश बरामद गरेर कतारलगायतका मुलुकमा सो गिरोहले पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।
यसअघि उनीहरूले यसरी नै अचारको भाडोमा चरेश राखेर भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायत मुलुकहरूमा ओसार पसार गर्दै आएको अनुसन्धानमा पाइएको एसएसपी थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।
















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया