आईपीएल क्रिकेटमा दिल्लीसँग हैदराबाद ८ विकेटले पराजित
मेरोन्यूज
२०७८ असोज ७ गते ७:४०

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा हैदराबाद ८ विकेटले पराजित भएको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन, ऋषभ पन्तले ३५ रन, शिखर धवनले ४२ रन र पृथ्वी शले ११ रन बनाए । हैदराबादका खलिल अहमेद र राशिद खानले १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।
हैदराबादका अब्दुल समादले २८ रन, राशिद खानले २२ रन, रिद्धिमान साह र केन विलियम्सनले १८र१८ रन, मनिस पाण्डेले १७ रन र जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यो जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सम्बन्धित

















नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
सम्बोधनअघिको दबाबमा ट्रम्प
निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन
चुनावी घोषणापत्रमा शिक्षाः लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
प्रतिक्रिया