षड्यन्त्र गरेर मलाई फसाइएको हो : उपसभापति गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताए । उनले मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदि कारवाही गर्नु पर्ने भए मन्त्रिपरिषदमाथि गर्नुपर्ने तर्क गरे । उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राखे । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले भने ।
उनले आफूमाथि न्यायलयले न्याय दिने विश्वाससमेत व्यक्त गरे । उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको बताए । जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार रहेको बताएका थिए ।

















५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछौं : गगन थापा
देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली
दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते
प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगैसुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य
President Paudel attends Democracy Day celebration main function
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया