थप १,१५७ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,१५७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा १,१५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
सोही अवधिमा १,११३ कोरोनामुक्त भएका छन् । सोही अवधिमा संक्रमणका कारण ८ ज्यान गुमाएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये ३५४ जना आइसीयूमा र ९९ जना भेन्टिलेटरमा रहेको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९४ हजार १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९१ हजार ३७३ पुगेको छ ।
जम्मा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ८५हजार ५३६ पुगेको छ ।
हालसम्म ७ लाख ६४ हजार ८४७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १२३ पुगेको छ ।

















पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया