माधव नेपाल अस्पताल भर्ना, अस्पतालमा भेटघाट बन्द
मेरोन्यूज
२०७८ असोज १३ गते २०:५७

काठमामाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
ज्वरो र खोकीको समस्या भएपछि बुधबार नेता नेपाललाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।
उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको सचिवालय बुधबार बेलुका प्रेस नोट जारी गरी जानकारी दिएको छ ।
सम्बन्धित










ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
एमालेमा मन र मत मिलाउने प्रयास
मादी नदीमा महिलाको शव फेला
कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया