माधव नेपाल अस्पताल भर्ना, अस्पतालमा भेटघाट बन्द
मेरोन्यूज
२०७८ असोज १३ गते २०:५७

काठमामाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
ज्वरो र खोकीको समस्या भएपछि बुधबार नेता नेपाललाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।
उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको सचिवालय बुधबार बेलुका प्रेस नोट जारी गरी जानकारी दिएको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया