जिपले ठक्कर दिँदा २ छात्राको मृत्यु, ३ को अवस्था गम्भीर
काठमाडौँ । सल्यानमा जिपको ठक्करबाट दुई छात्राको मृत्यु भएको छ । घटनामा अन्य तीन जना सख्त घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु २ च ५७०१ नंको डबल क्याप जिपले शारदा नगरपालिका ६ बांगे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका ६ बरला निवासी १८ वर्षीय रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीय सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते रेखा र सुनितालाई छाती तथा मुखमा गहिरो चोट लागेको र उनीहरुको अवस्था जटिल भएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
घाइते शारदा नगरपालिका ६ बरालाका १८ वर्षीय मीना परियार, १६ वर्षीय सुशिला नेपाली र १८ वर्षीय दीपा बुढाथोकीलाई पनि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरू सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए ।
जिपमा सवार चार जना भने सकुशल रहेका छन् । जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि फरार जिप चालक शारदा नगरपालिका ४ निवासी टंकबहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया