आइतबार, फागुन १०, २०८२

ओलीले भने– लिपुलेकदेखि सुस्तासम्म नेपाली भूमि मिचियो, कुटनीतिक पहल भएन

प्रचण्ड’ले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप

मेरोन्यूज २०७८ असोज १५ गते १५:५०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानीदेखि सुस्तासम्मको नेपाली भूमि मिचिँदा पनि कुनै कुटनीतिक पहल नभएको बताएका छन् ।

शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा बोल्दै ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गरे ।

मिचिएको भूमि फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको ओलीको भनाई छ । उनले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।

एमाले अध्यक्ष ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न सरकारले जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कसैसँग पनि वैरभाव नराख्नु आफ्नो पार्टीको विदेश नीति भएको ओलीले स्पष्ट गरे ।

‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस भन्ने चाहन्छौं’, ओलीले भने– ‘यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ ।’

नेपाल–भारत सिमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाउन् भन्ने कुरामा भारतको चासो देखिएको उनले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

‘प्रचण्ड’ले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप

एमाले अध्यक्ष ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताए ।

उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ’, ओलीले भने– ‘यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

प्रतिक्रिया