विद्यार्थीको अध्यक्ष चुन्ने जिम्मा प्रचण्डलाई नै दिइयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिएको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।
विद्यार्थी संगठनको जारी सम्मेलनमा नेतृत्व चयन गर्नेबारेमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठकले विद्यार्थीको अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई नै दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पार्टीको स्थायी कमिटी बैठकमा सम्भावित सबै पात्रहरु अहिलेको उपाध्यक्षदेखि हटनेसम्मका सबैबारे छलफल गरिएको र सबै पात्रहरु समान हैसियतका समान क्षमता राख्ने भएकाले ती मध्येमा छनोट गर्ने जिम्मेवारी अध्यक्षलाई नै दिइएको बैठकपछि महराले बताए ।
बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरुलाई अध्ययनका लागि दिइएको र अव बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताए ।
बैठकमा सरकारका सहभागी हुने नेताहरुकोबारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।

















HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया